धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७, ठूलोढुंगामा छोराले चिरपट प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ।

प्रहरीका अनुसार ३२ वर्षीय युवराज लिम्बुले बिहीबार बिहान आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुलाई काठको चिरपट प्रहार गरेका थिए। गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना बिहान करिब ५ः४५ बजे भएको थियो। घटनाबारे बिहान ६ः१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुकमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश राय र इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

घटनापछि युवराज फरार भएका थिए। उनको खोजी गर्ने क्रममा प्रहरीले बिहान करिब ८ः१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा समेत टोली परिचालन गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय