पोखरा । भरतपुर अस्पतालको शवगृहमा शव राख्ने ठाउँ अभाव भएपछि केही शव पोखरा पठाउन थालिएको छ। हालसम्म ९ वटा शव पोखरा ल्याइसकिएको जनाइएको छ।

पोखरा ल्याइएका शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताएका छन्।

उनका अनुसार धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपुरका विभिन्न स्थानमा फेला परेका थप शवसमेत पोखरा ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय