नवलपुर । नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार फेला परेका शवमध्ये २६ पुरुष, १६ महिला, ३ बालक, ७ बालिका र ९ वटा शवको लिङ्ग पहिचान हुन सकेको छैन।

बाढीले बगाएर ल्याएका शवहरू विभिन्न स्थानबाट सङ्कलन गरी स्थानीय तहका अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। सङ्कलित शवलाई थप व्यवस्थापन तथा पहिचानका लागि पोखरा पठाउने तयारी भइरहेको डीएसपी पण्डितले जानकारी दिए।

हालसम्म फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन। पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा प्रहरीले बिहानैदेखि खोजी तथा शव सङ्कलन कार्यलाई तीव्र बनाएको छ। थप शव फेला पर्न सक्ने भएकाले नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा प्रहरी टोली परिचालन गरी खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय