
काठमाडौं । भदौ १० गते आएको भीषण बाढीपछि ५७९ जना पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।
सम्पर्कविहीन पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी नागरिक रहेको जनाइएको छ।

बाढीपछि हालसम्म विभिन्न सुरक्षा निकायका गरी ८२६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। यसमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ तथा सशस्त्र प्रहरीका १३ जना रहेका छन्।
यसैबीच, बाढी तथा त्यसपछिको विपद्मा परी हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा ७३ जना घाइते भएका छन्।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायले विभिन्न क्षेत्रमा खोजी अभियान जारी राखेका छन्।




