धनुषा — धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, महेन्द्रनगरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–८ दिगम्बरपुरका ३० वर्षीय रामरतन महतो रहेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, शनिबार दिउँसो १२ बजे जनकपुरधामबाट महेन्द्रनगरतर्फ आउँदै गरेका महतो सवार मोटरसाइकल दुर्घटनामा परेका थिए।

मधेश प्रदेश ०२–००५ प ८७९५ नम्बरको रातो रङ्गको अपाची मोटरसाइकल अनियन्त्रित भई जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत महेन्द्रनगर नजिक लडेपछि उनी गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका महतोको उपचारको लागि तत्काल जनकपुरस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइएको थियो।

तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय