उदयपुर — चौण्डीगढी नगरपालिका–४, अमलचौरीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय बेल्टार चौण्डीगढीका अनुसार स्थानीय २८ वर्षीय रविन राई र १४ वर्षीया मञ्जु राई मृत अवस्थामा भेटिएका हुन्।

बुधबार बिहान मञ्जुको शव गाउँकै बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा सो बाटोबाट करिब २०० मिटर टाढा रूखमा झुन्डिएको अवस्थामा रविनको शव पनि फेला पारेको हो।

दुवै शवको अवस्था शंकास्पद रहेकोले प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाको स्पष्ट कारण नखुलेको र शव परीक्षणका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय