बॅाके—बाँकेमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई डुडुवा गाउँपालिका–१ बोडर चौफेरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–२१ का २२ वर्षीय अब्दुल करिम खान र १८ वर्षीय बाबु बेहना रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए। उनीहरूको साथबाट ५० ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

साथै, उनीहरू सवार यूपी ४० डब्लु १९९२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय