रौतहट, जेठ १४— बम विस्फोट गराई व्यक्ति हत्या गरेको आरोप खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाइ पाएका छन्।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर, उच्च अदालतको वीरगञ्ज इजलासले उक्त फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो।

संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात् २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित एक इँटा भट्टामा बम विस्फोट गराई घाइतेहरूलाई जिउँदै पोलेर हत्या गरेको आरोपमा आलममाथि मुद्दा दायर गरिएको थियो। घटनाको करिब १२ वर्षपछि २०७६ असोज १९ गते उनलाई रौतहट प्रहरीले पक्राउ गरेको थियो।

उक्त घटनाले लामो समयसम्म राजनीतिक तथा कानुनी बहस सिर्जना गरेको थियो। उच्च अदालतको निर्णयपछि आलम कानुनी रूपमा निर्दोष सावित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय