
काठमाण्डौं– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भोला बहादुर रावल ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश हुने भएकाले आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) महेन्द्र खड्का र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी मुकुन्द मरासिनिले डिआइजी रावल तथा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष निला थापालाई मायाको चिनो प्रदान गर्दै शुभकामना व्यक्त गरे।

सोही अवसरमा बोल्दै एसएसपी खड्काले ३० वर्षसम्म विभिन्न प्रहरी इकाइमा कुशलतापूर्वक सेवा पुर्याई सम्मानपूर्वक अवकाश हुन लागेकोमा डिआइजी रावललाई बधाई दिँदै उनको भावी जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।




