पर्सा — पर्सा प्रहरीले साथीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन्।

उनीहरूलाई सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप लागेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार तास खेल्ने क्रममा सापटी लिएको ३५ सय रुपैयाँ नदिएको विषयमा विवाद हुँदा हत्या भएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फागुन ७ गते इशालप्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका थिए। सोही क्रममा भएको विवादले उग्र रूप लिएपछि कुर्मीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय