काठमाडौं— कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीले शनिबार राति थप एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार काभ्रे घर भई हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा उपचारका क्रममा निधन भएका छन्। यसअघि उदयपुरका २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरकै २५ वर्षीय भीम बहादुर घले मगरको मृत्यु भइसकेको थियो।

माघ २४ गते बिहान भएको उक्त विस्फोटमा १४ जना घाइते भएका थिए। अन्य घाइतेहरूको उपचार जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय