काठमाण्डौं — बारामा तीन किलोभन्दा बढी लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर, कैलाश गाउँपालिका-२ वैकुण्ठ बस्ने ४५ वर्षीय भीमलाल मोक्तान रहेका छन्। उनलाई जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरा चोकस्थित फुटपाथबाट प्रहरीले पक्राउ गरेको हो।

बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार मोक्तानको साथबाट तीन किलो ४४ ग्राम अफिम बरामद गरिएको छ। हाल पक्राउ परेका मोक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय