काठमाण्डौं।  जिल्ला प्रहरी कार्यालय नुवाकोटले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २४ बर्ष पछि पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका नुवाकोट काभ्रेगाँउ बस्ने माईला भन्ने छेप्पा तामाङलाई हिजो पक्राउ गरेको हो

जिल्ला प्रहरी प्रवक्ता डिएसपी तिलक भारतीका अनुसार बिदुर नगरपालिका वडा नं.१३ देउडी सुकुम्बासी बस्ने ५३ बर्षिय लक्ष्मण तामाङलाई कर्तव्य गरी मार्ने कार्यमा संलग्न रहेका प्रतिवादी सम्मानित उच्च अदालत पाटनको मिति २०५७।१०।०९ गतेको फैसला बमोजिम २० बर्ष जन्म कैद भएको निज प्रतिवादी फरार रही भारत देश लगायतका नेपालको विभिन्न स्थानहरुमा लुकी छिपी बस्दै आईरहेकोमा हिजो नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं.०५ लिग्लेनी स्थित लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा  तामाङलाई पक्राउ गरेको बताए

उनलाई आजै सम्मानित नुवाकोट जिल्ला अदालतमा पेश गर्दा सम्मानित नुवाकोट जिल्ला अदालतले आजकै  मितिदेखि लागु हुने आदेशले भुक्तान गर्नुपर्ने उन्नाईस बर्ष कैद  भुक्तानको लागि जिल्ला कारागार कार्यालय नुवाकोटमा पठाउने आदेश भएकोमा फरार प्रतिवादीलाई कैद भुक्तानको लागि कारागार पठाईएको समेत  जानकारी दिनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय