
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो ।
काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत उनलाई पोखरा लगिएको हो । लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए ।
त्यसपछि उनलाई पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । लामिछानेविरुद्ध अमानवीय व्यवहार भएको भनी विभिन्न फोरमहरुमा आवाज उठिरहेको बेलामा आजै तीन जिल्ला घुमाइएको छ ।
पोखराको पृथ्वीचोकमा लामिछानेको समर्थनमा स्वतन्त्र युवाको नाममा जम्मा भएको समूहले प्रदर्शन गरेको छ ।



