काठमाण्डौं– वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका वडा नम्बर ४ घर भई भक्तपुरको मध्यपुर ठिमी बस्ने २४ वर्षीया नवीना दाहाल रहेकी छिन् । दाहालले आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् ।

उनलाई काठमाण्डौको सिनामङ्गलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय