
सर्लाही। सर्लाहीमा १० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हरिपुरका सुलिन्द्र महतो कोईरी र चन्दन शर्मा लोहार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादव नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रदेश २–०३–०२२ प ०७६१ नं. को मो.सा. लाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिणामको गाँजासहित उनिहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका २ युवामाथी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठ बताउनु भएको छ ।



