
काठमाडौं । काठमाडौंमा अपहरणमा परेकी महिलाको उद्धार गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले चाल्नाखेलमा बन्धक बनाएर राखेकी महिलाको उद्धार गरेको हो । बन्धक बनाउने काममा संलग्न एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एक जना फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



