
काठमाडौं । काठमाडौंको सोह्रखुट्टे र ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयको टोली गैरकानुनी तरिकाले बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

गैरकानुनी तरिकाले बसिररहेका उनीहरूले शंकास्पद् गतिविधि गरिरहेको सूचना पाएपछि कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान पठाएको छ ।



