
कैलाली। कैलालीको लम्कीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जानकी गाउँपालिका– २ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले ६ सय ७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।




