काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका एयरपड्स बरामद गरेको छ।

सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ हजार २ सय थान एयरपड्स बरामद गरेको हो।

सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आज बिहान उक्त सामान बरामद गरिएको हो। बरामद एयरपड्सको बजार मूल्य करिब २ करोड ४० लाख रुपैयाँ रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय