
सशस्त्र प्रहरी बलद्वारा ६६६ पदमा भर्ना आह्वान
काठमाडौँ — सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय (भर्ना तथा छनोट शाखा) ले ठूलो संख्यामा नयाँ पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ।

प्रधान कार्यालयले आज जारी गरेको सूचना अनुसार खुला तथा समावेशी प्रतियोगितामार्फत ६ सय ६६ जना जनशक्ति भर्ना गर्न लागिएको हो।
पद विवरण:
सशस्त्र प्रहरी जवान: ६०४ जना
भान्से: ३८ जना
कुचिकार: ८ जना
केस कर्तक (हजुराम): ७ जना
सूचीकार: ६ जना
चर्मकर्मी: २ जना
माली: १ जना
योग्य तथा इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्।




