नेपालगन्ज । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपालगन्जका दुई विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५४ हजार २ सय १२ रुपैयाँ सहयोग गरेका छन् ।

नेपालगन्ज-१० स्थित प्रभात मेमोरियल स्कुलले ५१ हजार ५ सय ५५ रुपैयाँ र नेपालगन्ज–६ स्थित सिद्धार्थ विद्या सदन स्कुलले १ लाख २ हजार ६ सय ५७ रुपैयाँ सहयोग गरेका हुन् ।

प्रभात मेमोरियल स्कुलले शिक्षक तथा कर्मचारीको एक दिनको तलब, विद्यार्थीको सहयोग तथा विद्यालयको तर्फबाट गरिएको योगदानबाट सङ्कलित ५१ हजार ५ सय ५५ रुपैयाँ प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विद्यालयका प्रिन्सिपल गौरव गिरीले उक्त रकम प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य र कोषाध्यक्ष प्रवीण गिरीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, सिद्धार्थ विद्या सदन स्कुलले शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारबाट स्वस्फूर्त रूपमा सङ्कलन गरेको १ लाख २ हजार ६ सय ५७ रुपैयाँ प्याब्सन बाँकेमार्फत कोषमा जम्मा गर्न हस्तान्तरण गरेको हो । विद्यालयका अध्यक्ष धिरज सिंह थापाले सहयोग रकम प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् ।

भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै विद्यालयले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन सहयोग गरिएको बताएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय