चितवन। जेनजी समूहको आन्दोलनका क्रममा देशभरका धेरै प्रहरी कार्यालयमा आगलागी भयो। कार्यालय मात्र नभई सवारीसाधन, फर्निचर र सिपाहीका लत्ताकपडा समेत जले।

तर चितवन जिल्ला स्थित इलाका प्रहरी कार्यालय (इप्रका) खैरहनी भने सुरक्षित रह्यो।

इलाका प्रहरी कार्यालयलाई जोगाउन प्रमुख प्रदिप महत र यहाँ कार्यरत अन्य प्रहरीहरूले सक्रिय भूमिका खेलेका थिए। उनीहरूले स्थानिय समुदायसँग सधैं मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्ध विकास गर्दै आएका थिए। यही सम्बन्धको कारण स्थानीयहरूले पनि प्रहरीलाई साथ दिए र कार्यालय सुरक्षित रहन सघाए।

समीक्षामा, इप्रकासँगै रहेको वडा कार्यालय खनानि भएको अवस्थामा पनि प्रहरीचौकी सुरक्षित रहन सक्नुमा प्रमुख प्रदिप महतले देखाएको नेतृत्व र स्थानियहरूसँग निर्माण गरेको “प्रहरी मेरो साथी” जस्तो साँच्चिकै सहकार्य महत्वपूर्ण साबित भएको स्थानियहरूले बताएका छन्।

स्थानिय बासिन्दाले पनि प्रहरीको पहल र संयमलाई उच्च मूल्याङ्कन गर्दै, “यदि यही प्रयास अन्यत्र भए पनि प्रहरी कार्यालय जोगिन सक्ने थियो,” बताएका छन्। यसले देखाउँछ कि समुदाय र प्रहरीबीचको विश्वास र सहयोगले मात्र चुनौतीपूर्ण परिस्थितिमा पनि सुरक्षा सुनिश्चित गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय