
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङका नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले पदभार ग्रहण गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयको सरुवा आदेशअनुसार हालै धादिङ सरुवा भएका रिजालले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण समारोहमा एसपी रिजालले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिँदै आफ्नो कार्यकालमा शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिने बताए।
उनले जिल्लामा सुरक्षासम्बन्धी चुनौतीहरूलाई सहकार्य र समन्वयमार्फत समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।



