
मोरङ — मोरङ जिल्लाको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठूलो मात्रामा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३२३ किलो गाँजा फेला पारेको हो। प्रहरीले दिएको जानकारी अनुसार, उक्त गाँजा १० वटा बोरामा प्याक गरिएको अवस्थामा वेवारिसे रूपमा खोलाको किनारमा छाडिएको थियो।

गाँजा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी बलको समेत सहयोग लिइएको थियो। हाल बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा सुरक्षित रूपमा राखिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।



