सुर्खेत ।  रास्कोट नगरपालिका का ३० वर्षीय ध्रुव बराल २६ वर्षीया सुयिन्का न्यौपाने (बराल) ले कृषि सेवामा कर्णाली प्रदेश लोक सेवाको सातौं तहमा नाम निकालेर गृहजिल्लामै सिफारिस भएका छन्। कलेज जीवन देखि प्रेमसम्बन्धमा रहेका उनीहरूले परिवारकै सहमतिमा २०८० वैशाख २० मा विवाह गरेका थिए

उनीहरू दुवैका बुबा शिक्षक हुन् भने आमा गृहिणी। बुबा शिक्षक भएका कारण अन्य स्थानीय युवाको तुलनामा आर्थिक अभाव कम भोगे पनि उनीहरूले कर्णालीको सामाजिक कुसंस्कार, कुरीति, लैंगिक तथा जातीय विभेद असमानता देखेर भोगेका छन्

देशभित्रै केही गर्न सकिन्छ भन्ने आम युवामा आशा हराएझैं उनीहरूमा पनि एक समय विदेश मोहले गाँजेको थियो उच्च शिक्षा पूरा गरेर विदेश जाने योजनाका साथ विवाह गरेका बराल दम्पतीको जीवनमा लोक सेवाको सफलताले नयाँ मोड लियो। लोक सेवाको सफलतापछि उनीहरूले विदेशिने योजना रद्द गरेका हुन्।अब विदेश जाने सपना छाडिसकेका छौं। दुवै जना सरकारी सेवामै रहने निधोमा पुगिसक्यौं,’ गत कात्तिक १४ मा लोक सेवा पास गरेरश्रीमतीसाथ गृहजिल्लामै सिफारिस भएका ध्रुवले भने, ‘अब संघीय सरकारको माथिल्लो पदमा पुग्ने दुवैको लक्ष्य प्रदेश सेवामा दायरा साँघुरो भएकाले श्रीमान्श्रीमतीबीच संघीय लोक सेवाको तयारी गर्ने सल्लाह भटरहेको सुनाए ।

बराल दम्पतीले दुई वर्षअघि लोक सेवाको फारम भरेका थिए। मुद्दा परेर प्रक्रिया स्थगित भएपछि विदेशिने सोच पनि बनाए। तर गत जेठमा आयोगको परीक्षाबारे अदालतबाट टुंगो लाग्यो। गत भदौमा सञ्चालन भएको परीक्षामा सफल भएपछि ध्रुव कालीकोट सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको कृषि शाखा प्रमुख सुयिन्का आफ्नै गृहनगर रास्कोटको कृषि शाखा प्रमुखको रूपमा हाजिर भए। बराल दम्पती सेवा प्रवेश गरेपछि सेवाकालीन तालिम लिनेतयारीमा छन्

अन्न, तरकारी फलफूलका लागि अन्य स्थानीय तहको तुलनामा राम्रो सम्भावना बोकेका पालिकामा पढेलेखका युवाअधिकृत कृषि शाखा प्रमुख भएर आएपछि स्थानीय पनि खुसी छन्। पालिकाले कृषिमा नयाँ प्रविधि भित्र्याउने सामान्य कृषकलाई पनि लाभ हुने खालका कार्यक्रम लागू हुने आशा गरेका छन्, खाडाचक्र का अगुवा कृषकपर्वानन्द पाण्डे।सिँचाइ सुविधा, राम्रो बिउबिजन उपकरणको अभावले हामीले खेतपाती गरे पनि खानकै लागि पनिउत्पादन गर्न सकेका छैनौं,’ उनले भने, ‘अब पढेका नयाँ कर्मचारी आउँदा केही राम्रो काम गर्लान् कि भन्ने आशा पाण्डे ताडी गाउँमा सबैभन्दा बढी तरकारी फलफूल उत्पादन गर्ने कृषकका रूपमा चिनिन्छन्। उनले छोरालाई पनिजेटीए पढाएर कृषि कर्ममा लगाएका छन्

कृषि विषयमा स्नातकोत्तर ध्रुवले कृषिलाई आत्मसम्मानको पेसा बनाउन कोसिस गर्ने बताए उनले खाडा चक्र नगरपालिकामा गर्मीमा फल्ने आँप, केरादेखि चिसोमा हुने स्याउ, ओखरसम्मका फलफूल, सबै खालका तरकारीमाआलु, काउली, बन्दा, गोलभेंडा, अन्नमा मकै, धान, गहुँ, कोदो, सिमीसहित पशुपालनमा भैंसी, भेडाबाख्रा, कुखुरापालनको सम्भावना राम्रो देखिएको सुनाउँदै त्यसका लागि सीप प्रविधिमा जोड दिने बताए।

बुबा गणेशप्रसाद बराल शिक्षक रहेको फुकोटस्थित पिंगलादेवी आधारभूत विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेकाध्रुवले १० कक्षासम्म पुग्दा वटा विद्यालय फेरेको बताए।मेरो विद्यालय जीवन डुल्दैरफिर्दै बित्यो। मावि तहसम्मपास गर्न गाउँदेखि सुर्खेत, काठमाडौं फेरि कालीकोट गरेर वटा विद्यालय चहारें,’ उनले भने, ‘यसले मलाई फरकठाउँमा बस्ने अनुभव नयाँ साथी बढाउन पनि सहज भयो।गाउँकै बडिमालिका माविबाट प्रथम क्षेणीमा एसएलसी उत्तीर्ण गरेर काठमाडौंबाट आईएस्सी पास गरेका उनले स्नातक स्नातकोत्तर चितवनको रामपुरबाट पूरा गरे। पाँचसन्तानमध्येका जेठा ध्रुवका बुबा शिक्षक भए पनि गाउँमा कृषि कर्म गर्थे। त्यसैले उनले छोरालाई कृषि विषय पढाएको बताए। उनको रास्कोटको सिप्टी विशालीको लेकमा स्याउ फाराम भने फुकोटमा धान तरकारी खेती हुने जमिन कृषि पढेपछि जागिर नपाए पनि खेतीकिसानी गर्न सहज होला भनेर छोरालाई कृषि पढ्न लगाएको गणेशप्रसादले बताए। बुबाको रोजाइसँग आफ्नो पनि रुचि मिलेकाले मन लगाएर उत्कृष्ट अंकसहित सबै परीक्षा उत्तीर्ण गरेको ध्रुवलेबताए।

कालीकोटको तिलागुफा नगरपालिका खल्ला गाउँ ९साविकको जुबिथा गाविस३० की सुयिन्का सानैदेखि सुर्खेतमैहुर्किन्, बढिन् पढिन् बुबा इन्द्रप्रसाद न्यौपाने जागिरका लागि कालीकोटमै रहे पनि आमा रत्ना सुर्खेतमै बस्थिन्।बुबा कालीकोटमै बस्ने भएकाले बेलाबेलामा गाउँ आउँथे। उनले बीएस्सी पास गरेर ०७५ देखि आफ्नै तिलागुफास्थित महादेव माविमा २८ महिना पढाइन्। उनका बुबाले ३४ वर्ष गाउँमै शिक्षण पेसा गरे। पछिल्ला १५ वर्ष जिल्लाशिक्षा कार्यालयको स्रोत व्यक्तिका रूपमा जिल्लाका विद्यालय अनुगमन, शिक्षकको क्षमता विकास कक्षा कोठाको शैक्षिक गुणस्तर वृद्धि शैक्षिक योजना बनाउनका लागि काम गरे शैक्षिक क्षेत्रबाट अवकाश भएपछि हाल उनकोबसाइ सुर्खेतमै

ध्रुव बढी मिहिनेती छन् भने सुयिन्का पढेको चाँडो सम्झिने क्षमता राख्छिन्। चिंगाडमा बसेर उनीहरूले संयुक्त रूपमाअध्ययन गर्दै छलफल गर्थे। ध्रुवले दिउँसो गरेको सोधखोज, पढाइबारे अफिसबाट फर्किएपछि सुयिन्कालाई सुनाउँथे।एकले पढेको अर्कालाई साझेदारी गर्दा थोरै समयमा बुझ्न सहज भएको यसले दुवैलाई सफलता हात पार्न सहजभएको उनीहरूको बुझाइ छ।सँगै छलफल गरेर अध्ययन गर्दा विषय वस्तुको बुझाइमा थप स्पष्टता आउने रहेछ,’ सुयिन्काले भनिन्, ‘ घण्टा पनि नसुतेर तयारी गयौं।संयुक्त अध्ययन गर्दा पढाइ प्रभावकारी भएको ध्रुवको अनुभवछ।एकले अर्काको सबल कमजोर पक्षबारे छलफल गर्दा बुझाइमा पनि स्पष्टता आउने रहेछ। पढेको बुझ्न विषयवस्तुमा स्पष्ट हुन छलफल निकै फलदायी हुने रहेछ,’ उनले भने। आफूहरूको सफलतामा मिहिनेतसँगै दुवैको परिवार साथीहरूको सहयोग महत्त्वपूर्ण भएको बराल दम्पती सुनाउँछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय