काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले धनुषामा कारबाहीका क्रममा चेतावनीस्वरूप हवाई फायर गर्दै दुई भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।

ब्यूरोका अनुसार शुक्रबार धनुषाको मिथिला नगरपालिका–६ क्षेत्रमा खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा बर्दिबासबाट खटिएको टोलीले छापा मारेको थियो। टोली पुगेपछि भाग्न खोजेका भारतको बिहार राज्य, मधुवनी जिल्लाका २८ वर्षीय सन्तोषकुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहुलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको जनाएको छ।

कारबाहीका क्रममा उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, ढल्केवरमा बुझाइएको ब्यूरोले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय