काठमाडौं । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।

कार्यालयले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रूपमा कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा यादवलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको जनाएको छ।

प्रहरी निरीक्षक यादवले ताप्लेजुङ जिल्लामा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापनमा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्न तथा अपराध अनुसन्धान शाखा प्रमुखका रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको कार्यालयले उल्लेख गरेको छ।

त्यस्तै, उनले विभिन्न कसुरका घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्न प्रतिवादीलाई तत्काल खोजतलास, पक्राउ तथा कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ। अपराध नियन्त्रणका लागि समुदाय र सरोकारवाला निकायसँग समन्वय गरी समुदाय–केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको तथा मातहतका प्रहरी कर्मचारीको प्रभावकारी सुपरिवेक्षण गरी संगठनको छवि उकास्न भूमिका खेलेको मूल्याङ्कनमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले प्रहरी निरीक्षक यादवको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेका हुन्।

यो सम्मानले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुका साथै सेवाप्रतिको समर्पण र व्यावसायिकताको कदर गर्ने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय