काठमाडौं । नेपाल सरकारको पहलमा नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्तावाला (Registered) बेटिङ एप बन्द गरिएको छ। साथै, सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको समन्वयमा अवैध अनलाइन सट्टेबाजी तथा जुवासँग सम्बन्धित ३ लाख ५ हजार ६६३ वटा डोमेन लिङ्क समेत ब्लक गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार डिजिटल माध्यमको दुरुपयोग नियन्त्रण गर्दै सुरक्षित, जिम्मेवार र कानुनसम्मत डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

मन्त्रालयले अनलाइन सट्टेबाजी, जुवा तथा अन्य गैरकानुनी डिजिटल गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै, कानुनविपरीत सञ्चालन हुने डिजिटल प्लेटफर्म तथा वेबसाइटहरू पहिचान गरी आवश्यक कारबाहीको प्रक्रिया निरन्तर अघि बढाइने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माणका लागि सम्बन्धित निकाय, इन्टरनेट सेवा प्रदायक तथा सरोकारवालासँग समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय