काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष कार्की भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले इन्स्पेक्टर कार्कीलाई भदौ महिनाको ‘Best Police of the Month’ घोषणा गर्दै प्रशंसापत्रसहित पुरस्कृत गरेका हुन्।

कार्कीले संगठनबाट प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठा तथा सांगठनिक नीतिअनुसार कुशलतापूर्वक सम्पादन गर्दै प्रहरी कार्य तथा मानव स्रोत व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको जनाइएको छ।

त्यस्तै, सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा योगदान पुर्‍याउनुका साथै आम नागरिकमाझ नेपाल प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

प्रशंसापत्रमा उनको कार्यसम्पादन, व्यावसायिक निष्ठा तथा संगठनप्रतिको योगदानको उच्च कदर गर्दै २०८३ साल भदौ महिनाको ‘Best Police of the Month’ का रूपमा सम्मान गरिएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय