काठमाडौं । विशेष अदालतले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार अधिकारीलाई दोषी ठहर गरेको हो। उनको हकमा हुने सजाय भने अदालतले पछि निर्धारण गर्नेछ।

धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजमा कार्यरत रहेका बेला अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङका लागि प्रयोग हुने सवारीसाधनलाई रोक्ने गरेको आरोप लागेको थियो।

सवारीसाधनलाई फिल्डमा माटो तथा ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाएर रकम माग गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। सोही उजुरीका आधारमा अख्तियारको टोलीले २०८२ चैत २० गते धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

अनुसन्धानपछि अख्तियारले २०८३ वैशाख २९ गते अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय