वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित चालीस फिट्टे सडकखण्डबाट लागूऔषध ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले गएराति चेकजाँच गरेको थियो।

सो क्रममा बीआर०५ बीएल १६८० नम्बरको अपाचे मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको पाइन्टको खल्तीमा लुकाएर राखिएको अवस्थामा १५४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, पक्राउ परेका पटेलको घरमा खानतलासी गर्दा थप ११ ग्राम ५९ मिलिग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको पर्सा प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय