काठमाडौं । काठमाडौंको दरबारमार्ग नजिकै रहेको लालदरबारमा करिब ५० लाख रुपैयाँ बराबरको चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत कात्तिक १५ गते लालदरबारस्थित छियाङ तुलाधरको घरमा चोरी भएको थियो। घरबाट १५ तोला सुन, करिब ६ लाख रुपैयाँ बराबरका सुनका गहना तथा अन्य सामान चोरी भएको प्रारम्भिक विवरण छ।

घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न रहेको आरोपमा नक्साल बस्ने प्रितम गुरुङ र प्रिया गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको टोलीले शुक्रबार पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चोरी भएका गहनासहित ३ लाख ४८ हजार रुपैयाँ नगद र एक हजार अमेरिकी डलरसमेत बरामद गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय