धरान । सुनसरीको धरानबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा असोज ६ गते धरान–१२ स्थित क्षेत्रमा प्रदेश १–०२–०५५ प ४६६ नम्बरको स्कुटरमा सवार दुई जनालाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१२ का सुनिल क्षेत्री र धरान–१९ का रुदिन भुजेल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सुनिल क्षेत्रीले मलद्वारमा लुकाएर राखेको अवस्थामा ५ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।

बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय