काठमाडौं — १३औँ दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता तथा राष्ट्रिय ब्याडमिन्टन खेलाडी निता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेकी छन्।

खुला प्रतिस्पर्धातर्फ लोकसेवा आयोगको प्रक्रिया पार गर्दै लम्साल प्रहरी निरीक्षक पदमा नियुक्त भएकी हुन्। खेलकुद क्षेत्रमा राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएकी लम्सालले अब नेपाल प्रहरीको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्।

विराटनगरकी लम्साललाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह (फुली) सुशोभन गराउँदै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

१३औँ सागमा पदक जितेकी लम्साल राष्ट्रिय ब्याडमिन्टन टोलीकी चर्चित खेलाडी हुन्। लामो समयदेखि ब्याडमिन्टन खेलमार्फत नेपालको प्रतिनिधित्व गर्दै आएकी उनले अब खेलकुदसँगै राष्ट्रसेवाको नयाँ जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्।

खेलकुद क्षेत्रमा हासिल गरेको अनुभव र उपलब्धिलाई प्रहरी सेवामा समेत उपयोग गर्दै अघि बढ्ने अवसर लम्सालका लागि नयाँ यात्राको सुरुवात बनेको छ।

ब्याडमिन्टन कोर्टमा देशका लागि पदक जितेकी निता लम्साल अब नेपाल प्रहरीको वर्दीमा राष्ट्रसेवाको मैदानमा उत्रिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय