
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाट २०८३ साल जेठ महिनाका ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा आयोजित एक कार्यक्रममा उनलाई कदरपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको हो। कार्यक्रममा कार्यदलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी को प्रमुख आतिथ्यता रहेको थियो।

प्रहरी नायव उपरीक्षक भाटले आफ्नो पदीय जिम्मेवारी उच्च मनोबल, लगनशीलता, अनुशासन र व्यावसायिक दक्षताका साथ उत्कृष्ट रूपमा निर्वाह गर्दै कार्यालयको आन्तरिक प्रशासन तथा व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको कार्यदलले जनाएको छ।
त्यसैगरी, प्रहरी कर्मचारीहरूमा कर्तव्यनिष्ठा, इमान्दारिता र उत्कृष्ट कार्यसम्पादनको भावना विकास गर्न उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कनका आधारमा उनलाई जेठ महिनाको ‘उत्कृष्ट प्रहरी’का रूपमा छनोट गरिएको बताइएको छ।
कार्यदलले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले संगठनभित्र सकारात्मक कार्यसंस्कृति, जिम्मेवारीबोध र व्यावसायिकताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।



