मकवानपुर । प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्द भण्डारीले मकवानपुरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) पालुङको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सरुवा भई आउनुभएका प्रहरी निरीक्षक भण्डारीले हालै पालुङ पुगेर कार्यालय प्रमुखको रूपमा आफ्नो कार्यभार ग्रहण गर्नुभएको हो।

प्रहरी संगठनमा लामो अनुभव हासिल गर्नुभएका भण्डारीको आगमनसँगै पालुङ क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

जिम्मेवारी सम्हाल्दै निरीक्षक भण्डारीले कानुनको प्रभावकारी कार्यान्वयन, नागरिकको सुरक्षामा प्राथमिकता तथा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्रोतले जनाएको छ।

स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायसँग समन्वय गर्दै शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहने उहाँको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय