पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डो तथा झाडीमा लुकाइछिपाई राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २५ वटा प्लास्टिकको पोकामा राखिएको ३७० किलोग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय