
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाह “२०८३ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (Traffic Police of the Month) घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस, व्यवसायिकता र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार डीएसपी शाहले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् । साथै सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक सुरक्षामा प्रभावकारी भूमिका खेलेको मूल्यांकन गरिएको छ ।
उनीले आफूलाई दिइएको जिम्मेवारी अनुशासित, पारदर्शी र त्रुटिरहित ढंगबाट सम्पन्न गरेको भन्दै कार्यालयले “Traffic Police of the Month” बाट सम्मानित गरेको जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई मासिक रूपमा सम्मान गर्दै आएको छ ।




