पाल्पा । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाले इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) नारायण खनाललाई २०८२ चैत्र महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसा पत्र प्रदान गरेको छ।

कार्यालयका अनुसार खनालले संगठनबाट प्राप्त जिम्मेवारी व्यवसायिक निष्ठा र सांगठनिक नीति अनुरूप कुशलतापूर्वक सम्पन्न गर्दै तोकिएका कामकारवाही तदारुकताका साथ अघि बढाएका थिए। विशेषगरी ज्यान मार्ने उद्योग मुद्दामा वारदातपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको योगदानको उच्च मूल्यांकन गरिएको छ।

प्रहरीका अनुसार उनको सक्रियताले सर्वसाधारणमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न महत्वपूर्ण सहयोग पुगेको छ। साथै, प्रहरी संगठनको छवि उकास्ने र सांगठनिक श्रीवृद्धिमा उनले खेलेको भूमिकालाई कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय नि. प्रमुख डिएसपी होम प्रकाश चौधरीले प्रशंसा पत्र प्रदान गर्दै आगामी दिनमा पनि पेशागत कर्तव्यप्रति बफादार रहँदै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा थप योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय