पोखरा — गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र मातहतका प्रहरी कार्यालयमा कार्यरत डिएसपी नमराज भट्टराईलाई पुस महिनाको “बेस्ट पुलिस अफ द मन्थ” (उत्कृष्ट प्रहरी) घोषणा गरिएको छ।

वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत भट्टराईले संगठनको नीति निर्देशन अनुसार उत्कृष्ट कार्य सम्पादन गरेका कारण उनलाई यो सम्मान प्रदान गरिएको हो।

प्रहरी संगठनले नियमित मूल्यांकन र कार्यसम्पादनको आधारमा प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्यका लागि मान्यता दिने प्रचलन जारी राखेको छ। भट्टराईले आफ्नो जिम्मेवारीमा इमानदारी, अनुशासन र दक्षता प्रदर्शन गर्दै आमजनताको सुरक्षामा योगदान पुर्‍याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय