
काठमाडौँ — नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी इमान्दारी, बफादारी र लगनशीलताका साथ उत्कृष्ट रूपमा निर्वाह गर्दै प्रभावकारी कार्यसम्पादन गरेको भन्दै कालिमाटी बृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक सुदिप पाण्डेलाई ‘Police of the Month’ बाट सम्मान गरिएको छ।
प्रहरी वृत्त गौशाला, काठमाडौँ दरबन्दी भई कालिमाटि बृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक पाण्डेलाई २०८२ साल पुष महिनाको Police of the Month घोषणा गरी सम्मान प्रदान गरिएको हो। उनले आफ्नो पदीय दायित्वअनुसार विभागीय नीति, निर्देशन तथा आदेशको पूर्ण पालना गर्दै अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ रूपमा सेवा प्रवाह गरेको मूल्यांकन गरिएको छ।

प्रहरी सहायक निरीक्षक पाण्डेले सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याउनुका साथै आम नागरिकमाझ नेपाल प्रहरी संगठनको गरिमा उच्च राख्न सफल भएको जनाउँदै उक्त सम्मान प्रदान गरिएको कालिमाटि प्रहरी बृत्तका प्रमुख डिएसपी मधु थापाले जानकारी दिनु भयो ।



