
काठमाण्डौं । इलाका प्रहरी कार्यालय डकाहा की प्रमुख इन्स्पेक्टर सपना खड्काले आफ्नो कमाण्डमा उत्कृष्ट काम गर्दै मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’को सम्मान पाएकी छन्।
इन्स्पेक्टर खड्काको नेतृत्वमा कात्तिक ४ गते एक व्यक्ति भरुवा बन्दुकसहित लुकेको अवस्थामा पक्राउ गरिएको थियो। उनीले दुधौली नगरपालिका–१४, गायोटार बस्ने कूलबहादुर सुनुवार र मंगलबहादुर सुनुवारले आफ्नो घर नजिकै बनमारा झाडीमा लुकाएर राखेका अवैध भरुवा बन्दुक फेला पारेर कानूनी दायरामा ल्याएकी थिइन्।

साथै, इन्स्पेक्टर खड्काले विभिन्न कसूरमा दोषी ठहर भएका र फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनका साहसिक र कार्यसम्पन्नतापूर्ण योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।



