सुरक्षा सरोकारनेपालमा खोजी पत्रकारिता गर्न निकै गाह्रो खोजी पत्रकारिता गर्ने  अधिकांश पत्रकारको घरमा चुलो बल्दैन

सत्ताले जब प्रश्नको उत्तर दिन छाड्छ, जब शक्ति अरूलाई डर देखाएर मौन गराउन खोज्छ, अनि जब भ्रष्टाचार बेइमानी संस्थागत रूप लिन थाल्छ त्यतिबेला खोजी पत्रकारिता नै त्यस्तो माध्यम हो जसले समाजलाई सत्य देखाउने काम गर्छ।

आजको समयमा जहाँ समाचारहरू तत्कालको सनसनीमा सीमित भइरहेका छन्, त्यहाँ खोजी पत्रकारिता समय, लगनशीलता साहसको प्रतिक बन्न पुगेको छ। खोजी पत्रकारिता भनेको केवल समाचार लेख्नु होइन यो अन्यायको पर्दाफास गर्नु, तथ्यहरूलाई गहिरो तहसम्म पुगेर उजागर गर्नु, अनि समाजमा जवाफदेहीता कायम गराउनु हो।

नेपालमा पनि खोजी पत्रकारिताले धेरैपटक ठूलो प्रभाव पारेको छ। चाहे त्यो अनियमितता उजागर गर्ने रिपोर्टहरूहुन्, वा सरकारी तथा निजी क्षेत्रका भ्रष्ट्राचार प्रकरणहरू  यी सबैमा खोजी पत्रकारिताले नागरिकलाई सुसूचित बनाउने सत्तालाई जवाफदेही बनाउने काम गरेको छ।

यद्यपि, खोजी पत्रकारिता गर्न सजिलो छैन। पत्रकारहरूले राजनीतिक दबाब, कानुनी चुनौती, सामाजिक बहिष्कार कहिलेकाहीं ज्यानको जोखिम समेत खेप्नुपर्छ। आर्थिक स्रोतको अभाव, मिडिया हाउसहरूमा बढ्दो व्यावसायिक दबाब स्वतन्त्रताको खडेरीले खोजी पत्रकारिता झन् कठिन बन्दै गएको छ।

करिब १७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका जीवन शर्मा आज केवल समाचार लेख्ने पत्रकार नभई सत्य, न्याय मानवताको पक्षमा जोखिम मोलेर संघर्ष गर्ने योध्दा बनेका छन्। उनको यात्रा घटनाको वर्णनमा मात्र सीमित छैन; यसमा समाज राष्ट्रका हितमा संघर्ष, चुनौती समर्पणको कथा पनि छ।

धम्की प्रलोभनबीचको अडान—

पत्रकारिताको कठिन यात्रामा शर्मा असंख्य चुनौतीसँग जुधिसकेका छन्।पुलमुनि कालो कुकुरसँग लास भेटिन्छ,” “बाटोको पिचमुनि पेलिदिन्छु,” “सुट लगाएर मेलम्चीमा फलिदिन्छुजस्ता भयावह धम्की उनले बारम्बार सामना गरे। धम्की मात्र होइन, आकर्षक अवसर लोभका प्रस्तावहरू पनि उनको अगाडि राखियो। तर धम्कीले डराउन सक्यो, प्रलोभनले मार्ग विचलित पार्न सक्यो। सत्यप्रति निष्ठा, निडरताप्रति आस्था पत्रकारिता प्रति प्रेमले उनलाई कहिल्यै सम्झौता गर्न दिएन। यही कारणले पत्रकारिताको क्षेत्रमा उनको नामगर्वका साथ उच्च सम्मानका साथ लिइन्छ। उनी केवल पत्रकार होइनन्, सत्य खोज्ने योध्दा पनि हुन्।

खोज पत्रकारिताप्रतिको प्रतिबद्धता

जीवन शर्मा भन्छन्, “खोजी पत्रकारिता निकै कठिन , तर मैले यसमा ज्यानको बाजी लगाएको छु। एक दिन मर्नै , तर जनतालाई सत्य सूचना दिनदिनै मरे पनि त्यो मृत्यु व्यर्थ हुनेछैन। बरु एउटा इतिहास बन्नेछ।

उनको पत्रकारिता शब्दमा मात्र सीमित छैन, दृश्यमा पनि उतिकै प्रभावशाली छ। उनका अनुसार, शब्दले मात्र कहिलेकाहीँ सम्पूर्ण यथार्थ व्यक्त गर्न सक्दैन। त्यसैले उनले क्यामेरा पनि कलमको साथी समान बनाए। तर दृश्य पत्रकारिता जोखिमपूर्ण हुन्छकतिपय अवस्थामा लुकिछिपी खिच्नुपर्छ, निगरानीमा पर्नुपर्छ, जीवनसम्म खतरा व्यहोर्नुपर्छ। यी चुनौतीहरूले उनलाई कहिल्यै रोक्न सकेन।

बाल्यकालदेखि संघर्षको बाटो—

२०४० सालमा गोरखाको साविक दबुङ मा जन्मिएका जीवन शर्माको बाल्यकाल सहज थिएन। पारिवारिक कठिनाइबीच पनि उनले अध्ययनलाई निरन्तरता दिए सपनालक्ष्यलाई कहिल्यै छोडेनन्। पत्रकारिताकोऔपचारिक यात्रा २०६१ सालमा पोखरा एफएमबाट सुरु गरेका शर्मा त्यसपछि पोखरा टुडे, बुटवल एफएम, न्यूजलाइन्स अनलाइन, नेशनल अफलिमेन्ट, डिजिटल खबर लगायतका मिडियामा उनले आफ्नो प्रतिभा देखाए। जहाँरहे पनि उनको प्राथमिकता खोजी पत्रकारिता नै रह्यो।

हाल निगरानी दैनिक मिडियाका प्रवन्ध निर्देशक, स्थानीय सरोकार पत्रिकाको प्रकाश एवम् निगरानी दैनिकका प्रधान सम्पादक हुन्। साधारण समाचार लेख्ने बाटो हुँदै सत्य अनुसन्धानमूलक पत्रकारितातर्फ उक्लिएका उनले यसैलाई आफ्नो जीवनको मूल ध्येय बनाएका छन्।

खोज अनुसन्धान —

शर्माको सोच अरू धेरै पत्रकार भन्दा फरक छ। उनी भन्छन्, “काठमाडौंमै सीमित हुनु साँघुरो पत्रकारिता हो।बाहिरका कुरा खोज्नु, ओझेलमा परेका पीडा उजागर गर्नु नै पत्रकारिताको वास्तविक आनन्द हो।

उनको यो दृष्टिकोणले उनलाई देशभर पुर्‍यायो। नेपालका ३५३ भन्दा बढी स्थानीय तहमा पुगेर प्रत्यक्ष रिपोर्टिङ गरेका उनले अनियमितता, भ्रष्टाचार विसंगति उजागर गरिसकेका छन्

२०७६ सालमै उनले नेपालको भूगोलसँग जोडिएका फलाम युरेनियम खानीबारे विस्तृत प्रतिवेदन तयार पारेकाथिए, जसले राष्ट्रिय अन्तर्राष्ट्रिय चासो खिच्यो।

सत्य नबिक्ने पत्रकार—

जीवन शर्माको पत्रकारितामा सधैं एउटा कुरा स्पष्ट देखिन्छसत्य पैसामा बिक्दैन। समाचार रोक्नका लागि उनलाई आकर्षक प्रस्तावहरू धेरै पटक आए, तर उनले दृढतापूर्वक अस्वीकार गरे। उनका शब्दमा, “पैसामा बिक्नेसोच कहिल्यै आएन।

अन्तर्राष्ट्रिय परिचय—

नेपालमा अपेक्षाकृत कम परिचित भए पनि विदेशमा शर्मा परिचित नाम बनेका छन्। वैदेशिक रोजगारीमा ठगीमा परेका नेपालीहरूको उद्धार अभियानमा उनको सक्रियता उल्लेखनीय छ।

सामाजिक संस्था सरोकार केन्द्र स्थापना गरेर उनले हालसम्म १७ जना भन्दा बढी नेपाली पुरुष महिलालाई विभिन्न मुलुकका जेल हिरासतबाट उद्धार गरेका छन्।

केही प्रमुख उद्धार उदाहरणहरू:—

२०७९ कात्तिक २५कुवेतको जेलबाट ७ जना पुरुष श्रमिक मुक्त।

२०७९, मंसिर १५मलेसियाबाट जना।

२०७९ चैत्रकुवेतकै जेलबाट महिला उद्धार।

२०८०, माघ साउदी अरबबाट पुरुष महिला।

२०८०, भदौ भारतको चेन्नईमा महिला उद्धार।

२०८०, माघ १७इजरायलमा जना।

२०८०, माघ १९दुबईमा जना।

२०८१, जेठ अष्ट्रेलियाको हिरासतस्थलबाट केही नेपाली।

पुरस्कार सम्मान—

उनको हरेक कर्म योगदानको कदरस्वरूप विभिन्न संघसंस्थाले उनलाई सम्मान पुरस्कारले सम्मानित गरेकाछन्:

न्युज लाईन्स मिडिया प्रा.लि.द्धारा जोखिम पत्रकारिता सम्मान २०७५

सम्माननीय परमानन्द झाबाट विशेष राष्ट्रिय पत्रकारिता सम्मान २०७८।

कोरियन शैक्षिक परामर्श संघ द्वारा राष्ट्रिय खोजी पत्रकारिता सम्मान, २०८१।

तिलक फिल्म्स आयोजनामा गणतान्त्रिक नेपालको प्रथम उपराष्ट्रपति सम्मान २०७८।

कोरियन शैक्षिक परामर्श संघ द्वारा विशिष्ट सम्मान, २०८१।

कागेश्वरीमनहरा महोत्सव आयोजक समितिले उनलाई खोजी पत्रकारितामा उत्कृष्ट योगदानका लागिखोजी पत्रकारिता पुरस्कार २०८१।

मानव बेचबिखन रोकथाम, ओसारपसार नियन्त्रण पिडित उद्धारमा योगदानको सम्मानपत्र २०८१

यी पुरस्कार सम्मानहरूले जीवन शर्माको पत्रकारिता, समाजसेवा मानव हित प्रतिको समर्पणको मान्यता दिएकाछन्।

समाजसेवाप्रतिको दृष्टिकोण—

उनका अनुसार, “समाजसेवा भनेको नाम कमाउने साधन होइन, आत्मसन्तुष्टि खुशी प्राप्त गर्ने मार्ग हो।वास्तविक समाजसेवा निःस्वार्थ परोपकारमा हुन्छ, सिद्धान्तमा होइन, व्यवहारमा देखिनुपर्छ।

शर्मा विश्वास गर्छन्समाज राष्ट्रलाई अगाडि बढाउने शक्ति पैसामा मात्र होइन; सामूहिक नेतृत्व, इमान्दारप्रयास सकारात्मक सोचमा निहित छ।

जीवन शर्मा केवल खोज पत्रकार मात्र होइनन्, निःस्वार्थ समाजसेवामा पनि सक्रिय छन्। भ्रष्टाचार, विकृति, विसंगति अन्यायविरुद्ध उनले कलम क्यामेरा दुवैलाई अस्त्र बनाएर लडिरहेका छन्।

उनी भन्छन्, “जस्तोसुकै समस्या परे पनि आफ्नो बाटो अडान कहिल्यै छोड्दिनँ।यही निष्ठा प्रतिबद्धताले उनको खोज पत्रकारिता जीवित अझ प्रभावशाली बनेको छ।

( पत्रकार शर्मा भूगोल, स्थानीय तह र सुरक्षा क्षेत्रमा सशक्त कलम चलाउने खोजी पत्रकार हुन्।)

प्रस्तुति: दिपक राज जोशी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय