
काठमाण्डौं। नुवाकोटको बेलकोटगढी नगरपालिकाले “विवादको साटो – मेलमिलापको बाटो” भन्ने मूल नाराका साथ कानूनी शिक्षा र न्यायिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘उपमेयर संग बालबालिका’ कार्यक्रम सुरु गरेको छ। न्यायिक समितिको आयोजनामा सुरु गरिएको १५ दिने यो कार्यक्रम सूर्यमती मावि, ढाढेफेदीबाट आजदेखि सुरु भएको हो।
कार्यक्रम दुई चरणमा सम्पन्न गरिनेछ, जसको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बेलकोटगढी नगरपालिकाका उपमेयर श्री शिवप्रसाद दाहालले सहभागिता जनाउनुभयो। उहाँले कार्यक्रममा न्यायिक सचेतनाले विद्यार्थीलाई सशक्त बनाउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो।

मुख्य प्रशिक्षणका विषयवस्तुहरू
कार्यक्रमले आत्महत्या रोकथाम, साइबर क्राइम न्यूनीकरण, सकारात्मक सोचको विकास, र मनोपरामर्श सम्बन्धी ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, सहभागीहरूले संविधान, कानुनको परिचय, स्थानीय सरकार सञ्चालन ऐन, र न्यायिक समितिका अधिकार तथा कर्तव्यबारे पनि जानकारी प्राप्त गर्नेछन्।
प्रशिक्षकहरू
• श्री सुभाकर पौडेल, प्रमुख प्रशासकीय अधिकृत, विदुर नगरपालिका
• श्री विदुर कुमार पुडासैनी, न्यायिक सहजकर्ता, बेलकोटगढी नगरपालिका
• श्री राजेश केसी, असई, जिल्ला प्रहरी कार्यालय, नुवाकोट
प्रशिक्षकहरूले कानूनी शिक्षा तथा मानसिक स्वास्थ्यका विविध पक्षबारे सहभागीहरूलाई प्रशिक्षित गर्नुभएको थियो।
विशेष अतिथि र सहभागिता
कार्यक्रममा वडा नं. १३ का अध्यक्ष श्री नवराज पाण्डे, सूर्यमती माविका प्रधानाध्यापक श्री राजाराम पाण्डे लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले प्रशिक्षणलाई थप प्रभावकारी बनाएको छ।
‘उपमेयर संग बालबालिका’ कार्यक्रमले बालबालिकालाई न्यायिक सचेतना प्रदान गर्दै समस्या समाधानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
फोटो फिचर—




