काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बगाएर ल्याइएका २७२ जनाको शव चितवनमा फेला परेको छ। रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीले बगाएर ल्याएका शव सुरक्षाकर्मीले नारायणी नदीको किनार तथा आसपासका क्षेत्रमा खोजीका क्रममा फेला पारेका हुन्।

चितवनमा फेला परेका शवमध्ये पछिल्लो पटक थप तीन जनाको पहिचान खुलेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिएका छन्।

सनाखत हुनेमा रसुवाको उत्तरगया गाउँपालिका–४ का रामबहादुर थापा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का शिव भनिने लीलाबहादुर देउजा र सल्यानको बाँझचौर नगरपालिका–९ का आयुष खड्का रहेका छन्।

यसअघि चितवनमा फेला परेका ९ वटा शवको पहिचान भइसकेको प्रहरीले जनाएको थियो। थप शवको पहिचान तथा परिवारसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय