काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको पछिल्लो विवरण सार्वजनिक भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा १६२ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार विपद्मा परी घाइते भएका ४१ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसैबीच, बाढीपछि २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायबाट आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने सडक, पुललगायतका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। उद्धार, खोजी तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय