काठमाडौँ — बाँकेको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहमा शुक्रबार राति भएको झडपमा ६ जना घाइते भएका छन्।

झडपपछि प्रहरीले करिब ५० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरी टोलीले हस्तक्षेप गर्न खोज्दा ढुङ्गामुढा भएको बताइएको छ।

शनिबार दिउँसो मात्रै प्रहरीले सुधारगृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका बालबन्दीहरूलाई मुक्त गरेको छ।

बालसुधार गृहमा हाल २५० बालबन्दी रहेका छन्। सोही सुधारगृहमा गत वर्ष दुई समूहबीचको झडपका क्रममा एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय