सुनसरी। सुनसरीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ।

दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मंगलबार साँझ मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो। बा ७५ प ३११० नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

थान्दार रेडियो नेपाल, तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो।

यसैगरी, धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते घिमिरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय