पर्सा । पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन् ।

शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहाँ मैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारीसाधन जाँच गरेको थियो ।

तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रंगको निशान कारलाई रोकेर जाँच गर्ने क्रममा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।

ती पोका खोलेर जाँच गर्दा प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई कारसहित नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय